२२ असार २०८३, सोमबार

ओली–प्रचण्ड भेट, बालुवाटारमा करीब सवा घण्टा छलफल

मंसिर २४, २०७७
ओली–प्रचण्ड भेट, बालुवाटारमा करीब सवा घण्टा छलफल

पार्टीभित्रको विवाद जटिल मोडमा पुगेका बेला नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बुधवार भेटवार्ता भएको छ ।

ओलीलाई भेट्न प्रचण्ड बिहान करीब साढे ११ बजे बालुवाटार पुगेका थिए । दुई अध्यक्षबीच पार्टीमा देखिएको विवाद विवाद समाधान लगायतका विषयमा छलफल भएको नेकपा स्रोतले जानकारी दियो ।

प्रचण्ड करीब सवा घण्टा बालुवाटारमा बसेका थिए । उनी करीब पौने १ बजे बालुवाटारबाट बाहिरिए । दुई अध्यक्षबीच सामान्य छलफल भएपनि कुनै निष्कर्ष भने निस्किन नसकेको बताइएको छ ।

मंसिर २१ गते बसेको स्थायी कमिटी बैठकमा ओलीले प्रचण्डले सचिवालय बैठकमा पेश गरेको प्रस्तावमाथि छलफल गर्न नसकिने र त्यस्तो बैठकमा उपस्थित नहुने बताएका थिए । नेकपा स्थायी कमिटीको बैठक मंसिर २८ गतेका लागि सरेको छ । 

यसबीचमा ओलीसँग सहमति कायम गर्न स्थायी कमिटीले प्रचण्डलाई आग्रह गरेको थियो । यसअघि मंसिर २० गते बसेको सचिवालय बैठक अघि पनि ओली–प्रचण्ड छलफल भएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्