२२ असार २०८३, सोमबार

पाँच अस्पताललाई प्रदेश सरकार मातहतमा राख्ने निर्णय

मंसिर २४, २०७७
पाँच अस्पताललाई प्रदेश सरकार मातहतमा राख्ने निर्णय

सरकारले स्थानीय तहको मातहतमा रहेका पाँच अस्पताललाई प्रदेश सरकार मातहतमा राख्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले वाग्मती प्रदेश सरकारको निर्णयलाई स्वीकृत गर्दै स्थानीय तह रहेका पाँच अस्पताललाई प्रदेश सरकार मातहतमा राखिएको बताए ।

उनका अनुसार चरीकोट अस्पताल दोलखा, मेथिनकोट अस्पताल काभ्रे, बज्रबाराही चापागाउँ अस्पताल ललितपुर, बकुलर रत्ननगर अस्पताल चितवन र टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्र काठमाडौँ रहेका छन् । उनले ती सबै अस्पताल प्रदेश मातहतमा राख्ने निर्णय वाग्मती प्रदेश सरकारले निर्णय गरेपछि मन्त्रिपरिषद्ले निर्णय गरेको बताए ।

salt training

कमेन्ट गर्नुहोस्