
हाइ–भोल्टेज नियोनको च्याम्पियनशिपदेखि ब्ल्याक बोल्ड अवतार अपनाउने बलिउड अभिनेत्री दीपिका पादुकोणलाई कसैले जित्न सक्दैन । फिट फ्येयर्सदेखि हाई वेस्ट मम जिन्स, क्लासिक सारीदेखि डिजाइनर सुटसम्म दीपिकाको सर्टोरिअल च्वाइसले यी अभिनेत्री आफ्नो स्टाइल स्टेटमेन्टमा कति संयमित छन् भन्ने देखाउँछ ।
इन्टरनेशनल रेडी रेड कार्पेट्समा भ्याल्युमिनस गाउनदेखि अल–आउट ड्रामेटिक गाउन, लिमोसिन ट्युलसम्म जसरी दीपिका जसरी छान्छिन् त्यो अरु कुनै सेलिब्रेटीको बसको कुरा हुँदैन । फेसनको रेसमा सबैभन्दा अगाडि देखिने चाहनाका कारण उनी हदभन्दा अगाडि बढ्छिन्, जसबाट मानिसको आलोचना पनि खप्नुपर्छ ।

एकातर्फ दीपिकाको सस्टेनबल च्वाइस फेशननिस्टाका लागि प्रेरणादायी बन्छ भने, आधाभन्दा बढी समय त उनीहरुलाई हलिउड अभिनेत्रीको स्टाइल चार्ने आरोप पनि लाग्दै आएको छ । हद त तब भयो, जब दीपिकाले हलिउड अभिनेत्रीको फेसन कपी एक पटक होइन, पटक–पटक गरेकी छन् ।
नायका फेमना ब्युटी अवार्ड–२०२० मा उनले लगाएको पोशाकलाई लिएर अहिले सर्वत्र चर्चा भएको छ । यो स्टाइलका कारण अहिले ट्रोलको शिकार बनिरहेकी छन् ।
वर्षको शुरुवातमै आयोजना भएको नायका फेमिना ब्युटी अवार्ड्समा आफ्नो शानदार उपस्थितिलाई देखाउन पुगेकी दीपिकालाई देखेर त्यहाँ उपस्थित सबै हैरान भएका छन् । उनको शीरदेखि पाउसम्म मोनोक्रोम्याटिक बोल्ड स्ट्रेपलेस गाउनमा देखिएकी थिइन् ।
जब उनी रेड कार्पेटमा चर्चित फेसन डिजाइनरको गाउन लगाएर स्टेजमा पुगिन् तब, सबैलाई हलिउड सुन्दरी काइली र केन्डल जेनरको याद आयो । यद्यपि यो पहिलोपटक भने होइन ।
उनी लामो समयदेखि ब्ल्याक क्लासिक गाउनको प्रशसंक हुन् । दीपिकाले सबैभन्दा राम्री डिजाइनर यानीना काउन्चरले डिजाइन गरेको स्ट्रेपलेस ब्ल्याक गाउन छनोट गरेकी थिइन् । जो अभिनेत्री आकर्षक लुक्स दिनका लागि कुनै कुरा बाँकी छाडिदनन् ।

एकातर्फ जहाँ आउफिटको लो–नेकलाइन र फिट सिल्हुट दीपिकाको कब्र्सको एकदम परफेक्ट म्याच देखिएको थियो भने, अर्कोतपर्फ ड्रेमिा बनेको ड्रामेटिक स्लीब्सलाई देखेर सबैलाई काइली जेनरको मेट थाला ड्रेसको याद आइरहेको थियो ।
मेकअपमाथि चर्को आलोचना
अहिलेसम्म दीपिकाको ड्रेसलाई मात्र मानिसहरुले निशाना बनाएका थिए । जब यो कार्यक्रममा उनको तस्वीर सार्वजनिक भयो । तब मानिसहरुले हालसम्मकै खराब मेकअपको संज्ञा दिए ।
यस क्लासिक अटायरलाई पूरा गर्न दीपिकाले न्युड मेकपलाई अपनाएकी थिइन् । जसका साथै न्युड लिप कलर, शिमरी आइसेडो, मस्कारा, विमिङ हाइलाइटर, बोल्ड कोल्ड आइज र लहराइरहेको कपालका साथ आफ्नो लुक्स सार्वजनिक गरेकी थिइन् ।

यतिमात्र होइन, आफ्नो लुक्स इटाइलमा एलिमेन्टलाई जोड्न दीपिकाले चोकर लगाएकी थिइन् । जसको साथमा घुमरिएको इयररिङ्स सबैभन्दा आकर्षक थियो । यद्यपि दीपिकाको मेकअप टाढैबाट हेर्दा बिरामीजस्तो देखाउने लुक्स देखिरहेको थियो ।
भलै उनले आफ्नो लुक्स आकर्षक बनाउनका लागि कुनै कसर बाँकी छाडेकी थिइनन् । तर, मानिसहरुले यो ड्रेस पुर्तगाली मोडल सारा सम्पाओको कपी गरेको बताएका छन् ।
जब उनको लुक्स सार्वजनिक भयो, तब मानिसहरुले सारा सम्पाओका साथै काइलीको ड्रेस र केन्डल जेनरको स्टाइल चोरेको बताए । अधिकांशले दीपिकाको लुक्स सँधै हलिउड अभिनेत्रीबाट कपी गर्ने गरेको आरोप लगाएका छन् । एजेन्सी