गुजरातको शुरत शरहमा एक १८ वर्षीया केजल पढ्ने छात्रालाई बलात्कारपछि पार्ले पोइन्टस्थित एक भवनको छतबाट खसालिएको पाइएका छ ।
प्रहरीका अनुसार छात्रा पार्ले पोइन्ट क्षेत्रको सडकमा बेहोस अवस्थामा फेला परेकी थिइन् । उनको शरीरबाट रगत बगिरहेको थियो । यो घटना बुधबार रातिको हो ।
जोन तीन प्रहरी उपायुक्त विधि चौधरीले भने, ‘कसैले कन्ट्रोल रुपममा एक युवतीको बारेमा प्रहरीलाई सूचना दिए । हामी त्यहाँ पुग्यौं । त्यहाँ जाँदा उनी बेहोस अवस्थामा सडकमा पल्टिएकी थिइन् । शरीरबाट रगत बगिरहेको थियो । उद्धार गरेर अस्पताल ल्यायौं ।’
अधिकारीका अनुसार शुरुवाती जाँचमा युवतीलाई बलात्कार गरिएको र त्यस क्षेत्रको भवनको छतबाट तल खसालिएको पाइएको छ । उनले भने, ‘बिहीबार साँझ सुरत प्रहरीले यो मुद्दा दायर गरेको छ । आरोपीको पहिचान गरेर पक्राउका लागि प्रहरी परिचालन गरिएको छ ।’
यस क्षेत्रमा पाँच जिल्लाका मानिसहरु बस्दै आएका छन् । भवनको सीसीटिभी जाँच भइरहेको छ । लिम्बायत प्रहरीका अधिकारीले पीडित युवती बुधबार बिहान आफ्नो घरबाट शहरको वेसु क्षेत्रस्थित कलेजका लागि निस्किएकी थिइन् ।
साँझ घर नआएपछि फोन गरिएको तर, उताबाट कुनै जवाफ नआएपछि युवतीका पिताले प्रहरीलाई खबर गरे ।