२० असार २०८३, शनिबार

सञ्चालनमा आएन आईसीयू

मंसिर २७, २०७७
सञ्चालनमा आएन आईसीयू

सुदूरपश्चिम प्रदेश सरकारको  सहयोगमा दश दिन अगाडि जिल्ला अस्पताल बैतडीमा जडान  भएको भेन्टिलेटरसहितको दुई श्ययाको आईसीयू कक्ष सञ्चालनमा समस्या भएको छ । जनशक्ति अभावमा भेन्टिलेटरसहितको आईसीयू कक्ष सञ्चालनमा समस्या भएको हो ।  
 
कोरोना भाइरसका जटिल खालका बिरामीलाई मध्यनजर गरेर भेन्टिलेटरसहितको आईसीयू कक्ष स्थापना गरिएको भए पनि दक्ष जनशक्तिको अभावमा सञ्चालनमा आउन नसकेको जिल्ला अस्पताल बैतडीका प्रमुख डा वसन्तराज जोशीले जानकारी दिए । 

मङ्सिर १७ गते जडान गरेको भेन्टिलेटरसहितको आईसीयूका लागि दक्ष जनशक्ति नहुँदा तत्काल सञ्चालनमा बाधा पुगेको डा. जोशीले बताए । 

उनले भने, ‘आइसियु सञ्चालनका लागि विशेषज्ञ चिकित्सकको आवश्यकता पर्ने भए पनि जिल्ला अस्पतालमा नहुँदा आईसीयू सञ्चालनमा समस्या छ,  अस्पतालमा कार्यरत डाक्टर र नर्सले आईसीयू सञ्चालनलाई तालिमको आवश्यकता पर्ने र त्यो तालीम पनि कसैले पनि लिएको छैन ।’ 

आईसीयू सञ्चालनमा नआउँदा जटिल खालका कोरोनाका बिरामी जिल्ला बाहिर जान बाध्य भएका छन् । बैतडीमा हालसम्म ५८५ जनामा कोरोना सङ्क्रमण पुष्टि हुँदा एक जनाको मृत्यु भइसकेको छ । 

salt training

कमेन्ट गर्नुहोस्