नेपाली कांग्रेसका प्रवक्ता विश्व प्रकाश शर्माले पार्टीको पूर्व घोषित कार्यक्रमलाई असर पर्ने वा पार्ने ढंगले कुनै पनि कार्यक्रम प्राथमिकतामा नपर्ने बताएका छन् ।
शनिवार सामाजिक सञ्जाल ट्वीटरमा एक ट्वीट गर्दै उनले मंसिर २९ मा सर्वसत्तावादको विरुद्धमा सडकमा जुट्ने र यसलाई कुनै कार्यक्रमले असर नपार्ने बताएका हुन् ।
उनले लेखेका छन्, नेपाली कांग्रेसको पुर्व घोषित कार्यक्रमलाई असर पर्ने या पार्ने ढंगले घरेलुु या बाह्य कुनैपनी भेला,छलफल या बैठक,हाम्रो प्राथमिकतामा रहन्न ! मंसिर २९ मा, जुट्ने छौं हामी सडकमा, सर्वसत्तावादको विरुद्धमा !'
नेपाली कांग्रेसको पुर्व घोषित कार्यक्रमलाई असर पर्ने या पार्ने ढंगले घरेलुु या बाह्य कुनैपनी भेला,छलफल या बैठक,हाम्रो प्राथमिकतामा रहन्न !
— Bishwa Prakash शर्मा (@bishwaprakash77) December 12, 2020
मंसिर २९ मा, जुट्ने छौं हामी सडकमा, सर्वसत्तावादको विरुद्धमा !#जागौं_जनता_जय_नेपाल ! pic.twitter.com/jin1CwADp6