३१ असार २०८३, बुधबार

नयाँ वर्षमा रुबीभ्यालीमा मोटर पुग्ने

मंसिर २७, २०७७
नयाँ वर्षमा रुबीभ्यालीमा मोटर पुग्ने

वाग्मती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुँयालले आगामी वर्षको पहिलो दिन नै धादिङको रुबीभ्यालीमा मोटर बाटो पु¥याइने बताएका छन् ।
 नयाँ वर्षमा रुबीभ्यालीमा मोटर पु¥याउने प्रतिबद्धता गरिएको र प्रतिबद्धता पूरा गर्न तीव्रगतिमा काम गरिने उनको भनाइ थियो । रुबीभ्यालीलाई सडक सञ्जालले जोड्न सके पर्यटनको प्रचुर सम्भावना रहने बताए ।

मानव विकासको सूचकाङ्कमा प्रदेशको ११९औँ स्थानमा  स्थानीय तहको रूपमा रहेको रुबीभ्यालीमा पिउनेपानीका लागि ‘एक घर एक धारो कार्यक्रम’ तथा सिँचाइका लागि कूलोको समेत व्यवस्था गरिने दाबी गरे ।

salt training

कमेन्ट गर्नुहोस्