०५ साउन २०८३, मंगलबार

कोरोना भ्याक्सिन बनाउने फाइजरको डेटामा साइबर हमला

मंसिर २८, २०७७
कोरोना भ्याक्सिन बनाउने फाइजरको डेटामा साइबर हमला

कोरोना भ्याक्सिनको चर्चा विश्वभर छ । यसैबीच फाइजर भ्याक्सिनसँग जोडिएको एक खबर सार्वजनिक भएको छ ।

फाइजर र बायोएनटेकले आफ्नो एक बयानमा आफ्नो डेटामाथि साइबर हमला भएको बताएका छन् ।

उनीहरुले भनेका छन्, ‘भ्याक्सिन अनुमतिका लागि ब्रिटेनको एक संस्थामा पठाइएको थियो । त्यहाँ साइबर हमला भएको छ । ह्याकर्सले भ्याक्सिनसँग जोडिएका डेटा चोर्ने कोशिस गरेका छन् ।’

रोयटर्सले आफ्नो एक रिपोर्टमा कम्पनीको दस्तावेजलाई यस्तो समयमा एक्सेस गर्ने कोशिस गरिएको छ । जहाँ विश्वका कैयौं देश कोरोना भ्याक्सिन दिनका लागि महत्वपूर्ण शुरुवात गरिसकेका छन् ।

फाइजर र बायोएनटेकले उक्त भ्याक्सिन छनोट गरिएका व्यक्तिमार्फत तस्तावेजसम्म पुर्‍याउने कोशिस गरिएको बताएका छन् । यद्यपि एक्सेस गर्ने दस्तावेजसम्म पुग्न ह्याकर्स असफल भएको बताइएको छ ।

फाइजरले भनेको छ, ‘हामी कुनै पनि व्यक्तिगत तथ्यांकसम्म पुग्न अनजान छौं । अहिलेको अवस्थामा युरोपीयन मेडिसिन एजेन्सप्ीले आश्वासन दिएका छन् कि, साइबर हमलामाथि समीक्षा गर्न समय लाग्ने छैन ।’ यस घटनासँग सम्बन्धित अधिक जानकारी दिइएको छैन । 

salt training

कमेन्ट गर्नुहोस्