२९ जेठ २०८३, शुक्रबार

भ्याक्सिन लगाएपछि देखिने पाँच साइड इफेक्ट

मंसिर ३०, २०७७
भ्याक्सिन लगाएपछि देखिने पाँच साइड इफेक्ट

कोरोना कहरबाट पूरै विश्वलाई बचाउन वैज्ञानिक रातदिन भ्याक्सिनमाथि काम गरिरहेका छन् ।

यो पहिलोपटक हो कुनै इन्फेक्सनलाई लिएर वैज्ञानिहरु यति तिव्र गतिमा काम गरिरहेका छन् । 

अहिलेको अवस्थामा जो भ्याक्सिन सहभागीका लागि सुरक्षित बनाइएको छ, त्यसलाई लिएर औषधि कम्पनी र चिकित्सक चेतावनी पनि जारी गरिरहेका छन् ।

कोरोनाविरुद्ध कुनै मानिसलाई भ्याक्सिनेट गर्नु ठूलो जोखिमपूर्ण काम हो ।

चिकित्सकमा बढ्यो चिन्ता 

कोरोना भ्याक्सिन लगाएपछि एलर्जी या खतरनाक साइड इफेक्टको जोखिम हुनसक्छ ।

कैयौं परीक्षणका क्रममा भ्याक्सिन लगाइएका हरुमा यस्ता समस्या देखिसकेका छन् । केही ठाउँमा त अचम्मित पार्ने खालमा समस्या पनि उत्पन्न भएका छन् ।

यो भ्याक्सिन कार्यक्रमलाई सफल बनाउनका लागि यसको कमीबारे ध्यान दिन आवश्यक हुन्छ । हामीलाई यससँग जुध्न पूरै तरिकाले तयार रहनु आवश्यक छ । 

ज्वरोे या चिसो बढ्नु 

मोडर्नाको भ्याक्सिन लगाएपछि भोलेन्टियरमा ज्वरो र धेरै चिसो महशुस हुने लक्षण देखिएका थिए ।

भ्याक्सिन लगाएको केही घण्टापछि नै पहिलो स्वयंसेवकको ज्वरो १०२ डिग्री सेल्सियस थियो ।

यसकारण भ्याक्सिन निर्माता कम्पनीले दुई साइड इफेक्टमाथि ध्यान दिएर काम गरिरहेका छन् । 

उद्यपि कैयौंपटक त शरीर आफैं एन्टीबडी बनाउँछ, त्यस्तो बेला पनि ज्वरो आउँछ । ​

टाउको दुख्नु 

भ्याक्सिन लगाएपछि टाउको दुख्ने समस्या शुरु हुने देखिएको छ । यसका लागि पनि हामीलाई तयार हुन आवश्यक छ ।

भ्याक्सिन लगाएपछि रोगीलाई चर्को रुपमा टाउको दुख्ने समस्या हुनसक्छ । 

यसका साथै मानसिक तनाव पनि हुनसक्ने चिकित्सकले बताएका छन् ।

कुनै पनि तरिकाले इन्फेक्सनमा ५० प्रतिशत बिरामी भ्याक्सिन लगाएपछि यस्तो समस्याबाट गुज्रिन्छन् । 

वान्ता हुनु 

कुनै च्याक्सिनको असर मानिसको गेस्ट्रोइन्टसटाइनल सिस्टममा पर्नसक्छ ।

एक स्वयंसेवकलाई मे मा मोडर्नाको सर्वाधिक डोज दिनका लागि चुनिएको थियो ।

भ्याक्सिन लगाएपछि केही घण्टासम्म उनको स्वास्थ्य स्थिति बिग्रिएको थियो । 

यसबीच उनलाई उल्टी हुने, ऐठन पर्ने र सन्त्रास महशुस भएको थियो । 

मांशपेसीमा दुखाई 

बिरामीलाई जुन ठाउँमा भ्याक्सिनको इन्जेक्सन लगाइन्छ, त्यहाँ प्राय मांशपेसीमा दुखाई र सुजन हुने समस्या हुन्छ ।

इम्यूनको प्रतिक्रियामा त्यस क्षेत्रमा रेडनेस या रेशेजको समस्या हुनसक्छ । 

मोडर्ना, फाइजर र अक्सफोर्ड–एस्ट्रिेजेनेका तीनैले आ–आफ्नो भ्याक्सिनमा यस्तो समस्या देखिएको बताएका छन् । 

माइग्रेन

टाउको एकतर्फ दुखाई हुनु एक ठूलो समस्या हो । यो भ्यााक्सिनको प्रयोगपछि माइग्रेनको समस्या देखिने चिकित्सकले बताएका छन् ।

एक रिपोर्ट अनुसार फाइजर भ्याक्सिनको परीक्षणका क्रममा एक स्वयंसेवकलाई भ्याक्सिन दिएपछि माइग्रेनको समस्या देखिएको थियो ।  

चिकित्सकका अनुसार यो भ्याक्सिन लिएपछि एक दिनअछि छुट्ी लिने वा आराम गर्नु आवश्यक हुन्छ । 

salt training

कमेन्ट गर्नुहोस्