×

NMB BANK
NIC ASIA

फिल्महल खोल्ने विषयको टुंगो छिट्टै लाग्छ : बोर्ड अध्यक्ष दाहाल

मंसिर ३०, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

चलचित्र संघले हिजो सोमवार पत्रकार सम्मेलनको आयोजना गरी पुस १० बाट हल खोल्ने एकतर्फी निर्णय गर्‍यो ।

Muktinath Bank

संघले सरकारी पक्षसँग ७ महिनादेखि विभिन्न माग राखेपनि कुनै सुनुवाइ नभएको भन्दै जस्तोसुकै परिस्थितिको सामना गरेर भएपनि अब हल खोलेरै छाड्ने निर्णय गरको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

संघले पत्रकारहरूमाँझ भनेको छ, ‘जस्तोसुकै परिस्थिति आएपनि अब हल खुल्छ, कसैले रोकेर रोकिनेवाला छैनौं ।’


Advertisment
Nabil box
Kumari

संघको यो निर्णयपछि सरकारी पक्षले मुख खोलेको थिएन । तर, आज लोकान्तरसँग भएको छोटो भेटमा चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले एकदुई दिनमै हल खोल्ने विषयमा टुंगो लाग्ने जवाफ दिएका छन् ।

Vianet communication
Laxmi Bank

उनले छिट्टै हल खोल्ने विषयमा मन्त्रिपरिषद्बाट निर्णय हुन लागेकाले चलचित्रकर्मीलाई चिन्तित नहुन समेत आग्रह गरेका छन् ।

‘म आफैँ धेरै समयदेखि हल खोल्नुपर्छ भनेर सञ्चारमन्त्रीदेखि प्रधानमन्त्रीसम्म कुरा पुर्‍याएको हुँ’, उनले थपे, ‘अब हल खोल्नुपर्छ । हल खोल्नुको कुनै विकल्प छैन ।’

तर, हतारमा निर्णय गर्दा कतिपय कुरामा चुक्नुपर्ने भएकाले यस विषयमा गम्भीर भएर निर्णय गर्न लागिएको उनको भनाइ छ ।

‘हल खोल्नुपर्छ । यस विषयमा चलचित्र संघ, चलचित्र निर्माता संघ लगायत सबैले गम्भीर भएर छलफल गरी निष्कर्ष निकाल्नुपर्छ भनेर पहिलैदेखि भनिराखेको थिएँ,’ उनले थपे, ‘कतिपय मिडियामा सरकारी पक्षबाट मागको सम्बोधन भएन । बोर्डले केही गरेन भनेर समाचार आइरहेको छ । केही ढिला भएको त हो, तर त्यसरी चासो नै नदिएको भन्न चाहिँ मिल्दैन ।’

यसअघि चलचित्र संघका महासचिव अशोक शर्माले हल खोलेपछि सरकारी निकायले बल प्रयोग गरेमा त्यसका लागि गिरफ्तारी दिन समेत तयार रहेको बताएका थिए ।

बोर्ड अध्यक्ष दाहालले चलचित्र संघको निर्णयलाई सकारात्मक रूपमा लिएको र भोलि वा पर्सिसम्म कुनै टुंगो लाग्ने बताए ।

पुस १० गतेबाट हल खोल्दा सरकारी पक्षबाट कुनै बाधा नहुने उनले संकेत गरेका छन् ।

‘सञ्चार, सूचना तथा प्रविधि मन्त्री पार्वत गुरुङले समेत अब हल खोल्नुपर्छ भन्ने खालको कुरा गर्नुभएको छ, मैले पनि उहाँलाई यस विषयमा निर्णय लिनुपर्छ भनेको छु,’ उनले थपे, ‘म पनि चलचित्रकर्मी हो । चलचित्रकर्मीहरूका पीडा र मर्म बुझेको छु । सरकारले बल प्रयोग पक्का गर्दैन ।’

चलचित्र उद्योगलाई कोरोना महामारीबाट अति प्रभावित व्यवसायको रूपमा समेट्नुपर्ने, हल नखुलेको समयको विद्युत् महसुलको डिमान्ड चार्ज मिनाहा गरिनुपर्ने, मौद्रिक नीतिले दिएका सुविधा चलचित्र व्यवसायले पनि पाउनुपर्ने, चलचित्र प्रदर्शन व्यवसायले उद्योगको मान्यता पाउनुपर्ने, मनोरञ्जन कर खारेज गरेर दुई वर्षसम्म नेपाली चलचित्रमा मूल्य अभिवृद्धि कर मिनाहा हुनुपर्ने, चलचित्र विकास शुल्क खारेज गर्नुपर्ने, बाँकी कर तथा शुल्क आगामी २०७८ साल असार मसान्तसम्म बुझाउँदा पनि जरिवाना मिनाहा हुनुपर्ने, चलचित्र घरका लागि आवश्यक उपकरण तथा सामग्रीहरूमा भन्सार महसुल छुट पाउनुपर्ने पनि हल सञ्चालकहरूको माग छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

कात्तिक २३, २०८०

मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...

मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x