राष्ट्रिय प्रजातन्त्र पार्टीले राजतन्त्र र हिन्दूराष्ट्र पुनःस्थापनाका लागि आन्दोलन गर्ने निर्णय गरेको छ ।
राप्रपाको केन्द्रीय सचिवालय कार्यव्यवस्था समितिको बैठकले पुस १२ गतेदेखि आन्दोलन गर्ने निर्णय गरेको जनाइएको छ ।
आन्दोलनका कार्यक्रम अन्तर्गत पुस १२ गते ७७ जिल्ला सदरमुकाममा जिल्ला प्रशासन कार्यालयमार्फत सरकारलाई ज्ञापनपत्र बुझाउने, पुस १२ देखि २१ गतेसम्म जिल्ला सदरमुकाम र ठूला शहरमा मोटरसाइकल र्याली गर्ने, पुस १५ देखि २५ गतेसम्म जिल्ला सदरमुकाममा जनप्रदर्शन गर्ने रहेका छन् । पुसको चौथो हप्तादेखि दोस्रो चरणका कार्यक्रम सञ्चालन गरिने प्रेस विज्ञप्तिमार्फत जनाइएको छ ।
पार्टीका अध्यक्ष कमल थापाको अध्यक्षतामा बसेको बैठकले मुलुकको समसामयिक राजनीतिक विषयमा समेत छलफल गरेको थियो । बैठकमा अध्यक्षद्वय पशुपतिशम्शेर जबरा र डा. प्रकाशचन्द्र लोहनीको समेत सहभागिता थियो ।
यस्तो छ प्रेस विज्ञप्ति –
