३१ जेठ २०८३, आइतबार

आज साँझ मन्त्रिपरिषद् बैठक बस्दै

आज साँझ मन्त्रिपरिषद् बैठक बस्दै
फाइल फोटो

केही समसामयिक विषय र मन्त्रालयका नियमित एजेण्डामा छलफल गर्न बिहीवार मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा साँझ ६ बजेका लागि मन्त्रिपरिषद्को बैठक बोलाइएको एक मन्त्रीले लोकान्तरलाई जानकारी दिए ।

‘मन्त्रिपरिषद्को बैठक बोलाइएको छ, एजेण्डा थाहा भएन,’ उनले भने ।

संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ताको लागि मन्त्रिपरिषद्को बैठक बस्न लागेको स्रोतले बतायो । पार्टीभित्र चर्को विरोध भएपछि प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले बुधवार स्थायी कमिटी बैठकमा अध्यादेश फिर्ता गर्ने बताएका थिए । 

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलवार अध्यादेश जारी गरेकी थिइन् । अध्यादेश फिर्ता मन्त्रिपरिषद्बाट निर्णय गराएर गराउनुपर्ने व्यवस्था छ ।  

salt training

कमेन्ट गर्नुहोस्