१० साउन २०८३, आइतबार

पेरिसडाँडामा प्रदेश १ का नेताहरूको भेला, प्रचण्ड र नेपालले सम्बोधन गर्ने

पेरिसडाँडामा प्रदेश १ का नेताहरूको भेला, प्रचण्ड र नेपालले सम्बोधन गर्ने
फाइल फोटो

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र आन्तरिक संकट चुलिएका बेला अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल 'प्रचण्ड' दुवै पक्षले आन्तरिक भेला तीव्र पारेका छन् ।

शुक्रवार पार्टी केन्द्रीय कार्यालयमा प्रदेश १ का प्रचण्ड-नेपाल पक्षीय नेताहरूको भेला आयोजना गरिएको छ ।

भेलामा प्रदेश १ का सबै जिल्लाका अध्यक्ष, सचिव, १ बाट प्रतिनिधित्व गर्ने प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसद उपस्थित हुने कार्यक्रम रहेको प्रदेश कमिटीका सचिव सुरेशकुमार राईले जानकारी दिए ।

'आज १ बजे भेला आयोजना गरिएको छ, भेलामा करीब ५० जनाजति नेता सामेल हुने पक्कापक्की भएको छ,' राईले लोकान्तरसँग भने, 'भेलामा प्रचण्ड र माधवकुमार नेपाल लगायतका नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।'

उनले नेकपामा चलिरहेको अन्तर्द्वन्द्वलाई सही ढंगबाट नेता कार्यकर्तालाई बुझाउने उद्देश्यले भेला आयोजना गरिएको बताए ।  

salt training

कमेन्ट गर्नुहोस्