२१ असार २०८३, आइतबार

पछिल्लो २४ घण्टामा भारतमा थपिए २२ हजार संक्रमित, ३३८ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा भारतमा थपिए २२ हजार संक्रमित, ३३८ जनाको मृत्यु

भारतमा पछिल्लो २४ घण्टामा २२ हजार ८ सय ९० जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । योसँगै हालसम्म भारतमा ९९ लाख ८९ हजार चारसय ४७ जना पुगेका छन् । 

यस्तै २४ घण्टाको अवधिमा कोरोना संक्रमणबाट भारतमा ३३८ जनाको मृत्यु भएको छ । यो सँगै हालसम्म कोरोना संक्रमणबाट भारतमा १ लाख ४४ हजार ७८९ जनाको मृत्यु भइसकेको छ । 

भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शुक्रबार पछिल्लो २४ घण्टाको विवरण सार्वजनिक गर्दै अहिलेसम्म ९६ लाख २० हजार ८२७ जना कोरोनाबाट मुक्त भएको जनाएको छ । 

जसमा पछिल्लो २४ घण्टामा ३१ हजार ८७ जना निको भएका छन् । हाल भारतमा सक्रिय संक्रमितको संख्या ३ लाख १३ हजार ८३१ जना रहेका छन् । 

निको हुनेको दर ९५ प्रतिशत रहेको छ भने, मृत्युदर १ दशमलव ४५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्