०८ असार २०८३, सोमबार

घर आएका साथीले पत्नीको क्यारेक्टरमा कमेन्ट गरे, पतिले १२ टुक्रा पारे शरीर

पुस ४, २०७७
घर आएका साथीले पत्नीको क्यारेक्टरमा कमेन्ट गरे, पतिले १२ टुक्रा पारे शरीर

एक ३१ वर्षीय बैंक कर्मचारी आफ्नी महिला साथीको घर गएका थिए, पतिकै अगाडि विवाह अघिको दिनबारे कमेन्ट गरिदिए । यसबाट रिसाएका महिलाका पतिले चक्कुले बैंकरको गर्धन काटे र पूरा शरीरलाई १२ टुक्रामा काट्दै शुटकेशमा भरेर नालीमा फालिदिए । यो हैरान पार्ने घटना महाराष्ट्रको राजधानी मुम्बईको हो । 

मुम्बईको बरेली प्रहरी चौकीका अनुसार यस थानामा बैंक कर्मचारी सशीलकुमार सारणिक बेपत्ता हुने उजुरी दर्ता भएको थियो । सुशीलकुमार १२ डिसेम्बरदेखि बेपत्ता थिए । १४ डिसेम्बरमा उनी बेपत्ता भएको उजुरी परेको थियो । 

सुशील ग्रान्ट रोडमा रहेको एक लिडिङ बैंकको ब्रान्चमा काम गर्दै आएका थिए । उनकी आमाले प्रहरीलाई आफ्नो छोरा एक साथीलाई भेट्न गएको र १३ डिसेम्बरदेखि बेपत्ता भएको बताएकी थिइन् । 

जब उनी १४ डिसेम्बरसम्म घर फर्किएनन् तब उनका साथीसँग सोधपुछ गरियो । साथीहरुसँग सोध्दा पनि कुनै खबर नभएपछि १४ डिसेम्बरमा प्रहरी चौकीमा बेपत्ता भएको रिपोर्ट लेखाइयो ।

बिहीबार प्रहरी चौकी नरेलबाट फोन आयो कि सुशीलको हत्या भएको छ भनेर । उसको शरीर टुक्रा टुक्रा पारिएको अवस्थामा लिलेको भनेर । नेरल प्रहरीलाई उक्त शुटकेश रेलवे स्टेशन नजिकको नालामा तैरिँदै गरेको मिलेको थियो । 

जब शुटकेश खोलियो तब त्यहाँ एक काटकुट पारिएको मृत शरीर मिलेको थियो । जहाँबाट दायाँ हात गायब थियो । प्रहरीले शुटकेशमा लागेको पर्चाको आधारमा जुन पसलबाट खरिद गरिएको थियो त्यो पत्ता लगायो । पसलवालाले खरिद गर्नेको नाम चार्स नाडर भएको बताए । प्रहरीले चाल्र्स नाडर र उसकी पत्नी सलोमीसँग सोधपुछ गर्दा बदला लिनका लागि हत्या गरिएको खुल्यो । 

नाडरले सुशीलले सलोमीको साथी भएको बताए । एक समय उनी दुवैजना एक बिओपीमा सँगै काम गर्थे । जब तीनै जना घरमा पार्टी गरिरहेका थिए । त्यसबेला सशीलले सलोमीको क्यारेक्टरमा केमेन्ट गरे । यसबाट झोँक्किएका नाडरले चक्कुले सुशीलको गर्धन नै छिनालिदिए । जसमा सलोमीले पनि सहयोग गरिन् ।

यसपछि उनीहरुले शरीर ठेगान लगाउन शुटकेश खरिद गरे र शरीरलाई काटकुट पारे शुटकेशमा भरे । त्यसपछि शुटकेशलाई नालामा फालिदिए । उक्त नाला केही दूरीमा रहेको नदीसँग मिसिन्छ । 

salt training

कमेन्ट गर्नुहोस्