२० असार २०८३, शनिबार

राष्ट्रपति भेट्न शितलनिवास पुगे प्रधानमन्त्री ओली

राष्ट्रपति भेट्न शितलनिवास पुगे प्रधानमन्त्री ओली

राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न प्रधानमन्त्री केपी शर्मा ओली शितलनिवास पुगेका छन् ।

दिनभरि पार्टीका नेताहरूसँग भेटेका ओली साँझ राष्ट्रपति कार्यालय शितलनिवास पुगेका बालुवाटार स्रोतले जानकारी दिएको छ ।

ओलीले बिहान नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई खुमलटारमा र त्यसपछि पुल्चोकस्थित मन्त्री निवासमा गृहमन्त्री रामबहादुर थापा लगायतलाई भेटेका थिए । नेकपामा विवाद चर्किएका बेला शीर्ष नेताबीचको भेटवार्ता तीव्र भएको छ ।

salt training

कमेन्ट गर्नुहोस्