
शनिबार भएको म्याचमा विराट कोहली र भारतीय टिमका खेलाडीले निकै खराब प्रदर्शन गरे । यस खेलमा भारतले जम्मा ३६ रन मात्र बनाउन सक्यो ।
लज्जास्पद हारका कारण भारतीय टिमका प्रशंसकले चर्को आलोचना गरेका छन् । सामाजिक सञ्जालमा अझ बढी टिमका कप्तान विराट कोहलीको आलोचना भइरहेको छ ।
गर्भवती अनुस्कालाई निशाना बनाउँदै ट्रोल बनाउने ट्रेण्ड नै चलेको छ ।
यदि विराटले खराब प्रदर्शन गरेको समय अनुस्कालाई सामाजिक सञ्जालमा गाली दिने प्रचलन नै भइसकेको छ ।
शनिबार बिहान भएको भारत बनाम अष्ट्रेलिया म्याचपछि फेरिन अनुस्का र उनको हुनेवाला बच्चालाई ट्वीटरमा निशाना बनाइएको छ ।
युजर्सले विराट कोहली मात्रै होइन, भारतीय टिमको हारको कारण नै अनुस्का र उनको हुनेवाला बच्चामाथि आरोप लगाएका छन् ।
अनुस्का र उनको हुनेवाला बच्चाका लागि विराटले खेलमा ध्यान नदिएको र गर्भवती अनुस्काकै कारण भारतले लज्जास्पद हार व्यहोरेको आरोप लगाएका छन् ।
साथै विराट र उनको सम्बन्धबारे पनि मजाक बनाउन थालिएको छ । यस्तोमा कयौं बलिउड सेलिब्रेटीले अनुस्काको समर्थन गरेका छन् ।