११ साउन २०८३, सोमबार

ग्लोबल आइएमई बैंक र त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालयबीच सम्झौता

ग्लोबल आइएमई बैंक र त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालयबीच सम्झौता

ग्लोबल आइएमई बैंक लि. र त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय (प.नि.का.) बल्खु बीच बैंकले प्रदान गर्ने सेवा सुविधाहरु सम्बन्धी सम्झौता नविकरण भएको छ ।

उक्त सम्झौता पत्रमा त्रि.वि, प.नि.का.का तर्पmबाट परीक्षा नियन्त्रक पुष्पराज जोशी र ग्लोबल आइएमई बैंक लि.को तर्फबाट किर्तिपुर शाखा कार्यालय प्रमुख शोभा न्यौपानेले हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौता पत्र अनुरुप त्रिभुवन विश्वबिद्यालय, परीक्षा नियन्त्रण कार्यालयमा दैनिक रुपमा संकलन हुने शुल्क तथा धरौटी वापतको रकम संकलन गर्ने व्यवस्थाका साथै त्रि.वि.अन्र्तगतका क्याम्पसहरुले बैंकका सम्पुर्ण शाखा कार्यालयबाट शुल्क/रकम जम्मा गर्न मिल्नेछ ।

त्रि.वि.का विद्मार्थीहरुको सम्पूर्ण कारोबार यस बैंकको बल्खु स्थित काउन्टर लगायत नेपाल अधिराज्यभरका सबै शाखाबाट त्रि.वि.को आम्दानी खातामा जम्मा गर्न मिल्नेछ । यसका साथै उक्त काउण्टरबाट प.नि.का.मा कार्यरत कर्मचारीहरुको बचत खाता खोल्ने, चेक सटही सुविधा प्रदान गर्ने, नगद एवं चेक जम्मा लिने/दिने लगायतका सम्पूर्ण बैंकिङ्ग सुविधा उपलब्ध हुनेछ । 

विभिन्न सरकारी कार्यालयहरुको आर्थिक कारोबार बैंक मार्फत गर्ने गराउने सरकारको नीति अनुरुप ग्लोबल आइएमई बैंक लि.ले देशभरका विभिन्न सरकारी कार्यालय, उद्योग, विभाग, यातायात व्यवस्था कार्यालय, आन्तरिक राजश्व कार्यालय, मालपोत कार्यालय लगायतका ३० वटा भन्दा बढी सरकारी कार्यालय परिसरबाट समेत आफ्नो सेवा प्रदान गर्दै आएको छ । 

 
 
 

salt training

कमेन्ट गर्नुहोस्