०२ साउन २०८३, शनिबार

यसरी कम गर्नुहोस् मानसिक तनाव

यसरी कम गर्नुहोस् मानसिक तनाव

आजको समयमा हर कोही जीन्दगीमा भागदौडका कारण तनावमा रहन्छन् । तर, चिन्तालाई दबाउन बनेका केही औषधीहरु पनि छन् ।

यस्ता औषधि उपभोग गर्नु उपयुक्त हुँदैन । कुनै पनि व्यक्ति मानसिक तनावको शिकार बन्न चाहँदैन । 

यसपछि केही मानिस यस्ता छन्, जो दिनभर केही न केही सोचेर तनावमा हुन्छन् । चिन्ताका कारण तपाइँलाई कुनै पनि काम गर्न मन लाग्दैन ।

निद्रा लाग्न पनि छाड्छ । आज हामी तपाइँलाई मानसिक तनाव दूर कसरी गर्न सकिन्छ भन्ने केही सरल उपायबारे जानकारी दिँदैछौं । 

आँखा बन्द गरेर गहिरो श्वास लिनुहोस्

जब कुनै कामका बेला तनाव भयो भने आफ्नो सिटमा बसेर आँखा बन्द गर्नुहोस् र गहिरो श्वास लिनुहोस् ।

यो एक यस्तो उपाय हो जो मनभित्र शान्ति दिलाउँछ । मानसिक तनाव या त्रासबाट मुक्ति दिलाउँछ । 

गहिरो श्वास लिनाले मनलाई पनि शान्ति मिल्छ । साथै चिन्ता र तनावमा निकै कमी आउनुका साथै मन पनि शान्त हुन्छ । 

नजरअन्दाज गर्न सिक्नुहोस् 

हामीलाई कुनै कुनै कुरामा कहिलेकाँही नजरअन्दाज गर्नु पनि पर्छ । यसले हाम्रो नजरअन्दाज गर्न सोँच्ने क्षमता पनि बढ्छ ।

जसबाट चिन्ता र मानसिक तनाव कम गर्न राहत मिल्छ । 

मनपर्ने म्यूजिक सुन्नुहोस् 

जब कामका बेला बढी थकान र तनाव हुन्छ त्यसबेला ब्रेक लिएर चिया पिउनुहोस् । चिउाँ पिउँदै गर्दा आफ्नो मन पर्ने गीत सुन्नुहोस् ।

जसबाट स्ट्रेस कम हुन्छ । केही बेरका लागि आफ्नो कम्प्युटर स्क्रिनबाट दूरी बनाउनुहोस् । 

यसले तपाई केही समयपछि राम्रो महशुस गर्नुहुनेछ र त्यसपछि काम गर्नका लागि तयार हुनुहुनेछ । तनाव आजका पुस्ताका लागि सबैभन्दा ठूलो समस्या बनेको छ । 

राम्रो निद्रा लिनुहोस्

चिन्ता र तनाव दूर गर्न राम्रोसँग गहिरो निद्रामा जानु पनि राम्रो उपाय हो ।

हरेक दिन कम्तिमा ७ देखि ८ घण्टासम्म सुत्नुहोस् । निद्राको कमीले तनाव बढाउँछ । 

मदिरा सेवन नगर्नुहोस्

क्याफिन, मदिरा र निकोटिनको सेवन कम गर्नुहोस् । क्याफिन र निकोटिन उत्तेजक हुनुका साथै व्यक्तिको तनावको स्तर पनि बढाउँछन् । 

समय व्यवस्थापन गर्नुहोस् 

आफ्नो समयलाई सही तरिकाले व्यवस्थापन गर्नुहोस् । फाल्तु काममा धेरै अल्झिने काम नगर्नुहोस् । 

सिस्टमलाई पुनः जिवन्त दिनका लागि केहिलेकाँही ब्रेक लिनु पनि महत्वपूर्ण हुन्छ । तपाइँको शीरमा धेरै लोड हुनाले पनि मानसिक तनाव बढ्ने सम्भावना हुन्छ । 

salt training

कमेन्ट गर्नुहोस्