२६ जेठ २०८३, मंगलबार

प्रतिनिधि सभा विघटन गैरसंवैधानिक र भर्त्सनायोग्य : वामदेव गौतम

प्रतिनिधि सभा विघटन गैरसंवैधानिक र भर्त्सनायोग्य : वामदेव गौतम

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले दुई वर्षको कार्यकाल बाँकी छँदै प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम गैरसंवैधानिक र भर्त्सनायोग्य भएको बताएका छन् । 

आइतवार दिउँसो एक विज्ञप्ति प्रकाशित गरी गौतमले प्रतिनिधि सभा विघटन गर्न राष्ट्रपतिलाई लगाउने काम गलत भएको बताएका हुन् ।

‘यस कदमले देशमा राजनीतिक अस्थिरता बढाउने र संघीय लोकतान्त्रिक गणतन्त्रका सम्पूर्ण मूल्य मान्यतालाई समाप्त पार्नेछ,’ गौतमको विज्ञप्तिमा भनिएको छ । 

आइतवार बसेको मन्त्रिपरिषद् बैठकले संसद् विघटनका लागि राष्ट्रपतिलाई सिफारिश गरेको थियो ।

आगामी वर्षको वैशाख १७ र २७ गतेका लागि निर्वाचन घोषणा गर्दै राष्ट्रपति विद्या भण्डारीले प्रतिनिधि सभा विघटन गरेकी थिइन् ।  
 

salt training

कमेन्ट गर्नुहोस्