०३ असार २०८३, बुधबार

टिकटक बनाउने क्रममा पुलबाट खसेर मृत्यु

टिकटक बनाउने क्रममा पुलबाट खसेर मृत्यु

पछिल्लो समय युवा पुस्तामा टिकटकको प्रभाव निकै परेको देखिन्छ । युवाहरु फुर्सद पायो कि टिकटकतिरै झुम्मिन्छन् । 

त्यहाँ भिडियो बनाएर आफू भाइरल हुनका लागि जस्तो सुकै जोखिम मोल्न पनि तयार हुन्छन् । दाङमा एक यस्तै घटना भएको छ । 

टिकटक बनाउने जोशमा एक युवकले ज्यान गुमाएका छन् । आइतबार झोलुंगे पुलबाट खसेका युवकको सोमबार उपचारका क्रममा मृत्यु भएको हो । 

मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–१९ बिजौरीका २४ वर्षिय रमेश थापा हुन् । 

उपचारका क्रममा  कोहलपुर मेडिकल कलेजमा आज बिहान  मृत्यु  भएको  हो ।

शनिबार दिउसो दुई बजेतिर बबई गाउँपालिका–५ हापुरेस्थित पुरन्धारा छहरा नजिक रहेको झुलुंगे पुलबाट टिकटक बनाउने क्रममा उनी खसेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्