
प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री तथा राष्ट्रपतिको असंवैधानिक कदमविरुद्ध नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' तथा वरिष्ठ नेता माधवकुमार नेपाल लगायतले संविधानविद्हरूसँग छलफल गरेका छन् ।
सिंहदरबारस्थित नेकपा संसदीय दलको कार्यालयमा प्रचण्ड-नेपाल पक्षले प्रतिनिधि सभा विघटनविरुद्ध चाल्न सकिने संवैधानिक तथा राजनीतिक कदमका विषयमा संविधानविद्हरूसँग छलफल गरेका हुन् ।
'प्रधानमन्त्री–राष्ट्रपतिद्वारा चालिएको असंवैधानिक एवं निरंकुश कदमकाविरुद्ध अब चालिने संवैधानिक एवं राजनीतिक कदमका बारेमा संविधानविद् एवं कानूनविद्हरूसँग परामर्श गर्नुहुँदै नेकपा नेतृत्वहरू.. !!' केही तस्वीर राख्दै अध्यक्ष प्रचण्डकी स्वकीय सचिव गंगा दाहालले फेसबूकमा लेखेकी छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिशमा आइतवार प्रतिनिधि सभा विघटन गरेकी थिइन् ।