२३ असार २०८३, मंगलबार

‘माधवजीले उधारो होइन नगदमै चाहिन्छ भन्ने कुरा गर्नुभयो’

‘माधवजीले उधारो होइन नगदमै चाहिन्छ भन्ने कुरा गर्नुभयो’

प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीमा अप्ठ्यारो पारेको आरोप लगाएका छन् ।

१५ वर्ष पार्टीको नेतृत्व गरेको व्यक्तिले अहिले नै फेरि नेतृत्व चाहिन्छ भन्ने जसरी आफूलाई असहयोग गरेको ओलीले गुनासो गरे ।  

प्रधानमन्त्री निवास बालुवाटारमा आफूनिकट पूर्व सांसदसँगको भेलामा ओलीले नेता नेपाल सरकारविरुद्ध लागिपरेको आरोप लगाएका हुन् ।

‘माधव नेपालले १५ वर्षसम्म पार्टीको नेतृत्व गर्नुभयो, अहिले फेरि म नै हुनुपर्‍यो भनेर असहयोगी भूमिकामा देखिनुभयो ।  नेतृत्व उधारो होइन नगद नै चाहिन्छ भन्ने खालले प्रस्तुत हुनुभयो,’ ओलीको भनाइ उदृत गर्दै बैठकमा सहभागी एक नेताले लोकान्तरसँग भने, ‘जहिले पनि सरकारको विरुद्धमा लाग्ने प्रवृत्ति देखाउनुभयो । सरकारले राष्ट्रियताको बारेमा, विकास र समृद्धिको बाटोमा अगाडि बढेको समयमा उहाँले अवरोध गर्नुभयो ।’

ओलीले कोरोना महामारीको समयमा पनि सरकारले काम अगाडि बढाइरहेको भए पनि पार्टी भित्रबाटै सरकारको काममा भाजो हाल्ने काम भएको आरोप लगाए । 

आफूनिकट पूर्व सांसदहरूको भेलालाई सम्बोधन गर्दै ओलीले पार्टीकै नेताहरू सरकारविरुद्ध लागेका कारण प्रतिनिधिसभा विघटनको अवस्था आएको बताए । ‘अहिले मेरो स्वास्थ्य ठीक छ, यो सबै परिस्थितिलाई पार लगाउँछु । तपाईंहरू ढुक्क भएर चुनाव तयारीमा लाग्नुस्,’ ओलीको भनाइ उदृत गर्दै राष्ट्रिय सभाका सांसद खिमलाल भट्टराईले लोकान्तरसँग भने । 

salt training

कमेन्ट गर्नुहोस्