२९ जेठ २०८३, शुक्रबार

३ पार्टीका २० नेताको सानेपामा बैठक, यस्तो छ २ बुँदे निर्णय

३ पार्टीका २० नेताको सानेपामा बैठक, यस्तो छ २ बुँदे निर्णय

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेसँगै विरोधका रहेका नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डसहितका नेतासहित काँग्रेस र राजपाका नेताहरुबीचको बैठकले २ बुँदे निर्णय गरेको छ ।

नेपाली कांग्रेसको आमन्त्रणमा काँग्रेस पार्टी कार्यालय सानेपामा बसेको बैठकले प्रतिनिधि सभा विघटन गरिएको कार्य असंवैधानिक र अलोकतान्त्रिक भएको निष्कर्ष निकालेको छ ।  उक्त कार्यको विरोध गर्न तीनै दल सहमत भएका छन् ।

तीनै दलले आगामी कार्यक्रम तय गर्न आ–आफ्ना दलका केन्द्रीय कार्यसमितिमा छलफल र निर्णय गर्ने समझदारी भएको काँग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

बैठकमा नेपाली कांग्रेसबाट सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्रीद्वय डा। शशांक कोइराला र पूर्णबहादुर खड्का, केन्द्रीय सदस्यहरु— बालकृष्ण खाँण, डा। मिनेन्द्र रिजाल र रमेश लेखक, नेपाल कम्युनिष्ट पार्टीबाट अध्यक्ष पुष्पकमल दाहाल, नेता झलनाथ खानाल, नेता माधवकुमार नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, पम्फा भुसाल, वर्षामान पुन र कृष्णभक्त पोखरेल र जनता समाजवादी पार्टीबाट अध्यक्ष महन्थ ठाकुर, नेता शरतसिंह भण्डारी, सर्वेन्द्रनाथ शुक्ला, उमाकान्त झा र जितेन्द्र सोनालगरी २ ० नेताको सहभागिता रहेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्