२९ जेठ २०८३, शुक्रबार

ओलीले बालुवाटारमा गराए मनोनित ५५६ केन्द्रीय सदस्यलाई शपथ

ओलीले बालुवाटारमा गराए मनोनित ५५६ केन्द्रीय सदस्यलाई शपथ

नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी केन्द्रीय कमिटीमा मनोनित गरेका ५५६ जना केन्द्रीय सदस्यलाई शपथ गराएका छन् ।

मंगलवार बालुवाटारमा आफू पक्षीय केन्द्रीय कमिटी बैठक राखेर ओलीले थप सदस्य मनोनित गर्ने निर्णय गरेका हुन् ।

बालुवाटार बैठकले ५५६ सदस्य मनोनित गरेको र १९६ सदस्य रिक्त रहेका प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

थपिएकासँगै नेकपा केन्द्रीय कमिटी १ हजार १९९ सदस्यीय बनाइएको छ । यसअघि ४४७ सदस्यीय कमिटी थियो ।

सामाजिक सञ्जालमार्फत जानकारी दिँदै थापाले लेखेका छन्, ‘अध्यक्ष कमरेड केपी शर्मा ओलीले पार्टीको प्रथम अध्यक्षका हैसियतले मौजुदा केन्द्रीय कमिटीमा ५५६ जना थप गर्ने गरी हिजो मनोनयन गर्नुभएको थियो । उक्त नामावली अनुमोदन गर्न बैठकमा प्रस्ताव गर्नुभएको छ र बैठकले गडगडाहट तालीका साथ उहाँको प्रस्ताव अनुमोदन गरेको छ ।’

salt training

कमेन्ट गर्नुहोस्