
पाकिस्तानी सरकारको कडा आलोचना गर्दै आएकी बलुच नेतृ करीमा बलुच क्यानडामा मृत भेटिएकी छन् । आइतबारदेखि बेपत्ता भएकी करीमाको शव प्रहरीले बरामद गरेको छ ।
अहिलेसम्म प्रहरीले उनको हत्या भएको हो वा कुनै दुर्घटनामा परेकी हुन् भन्ने एकिन गर्न सकेको छैन ।
जसरी उनले पाकिस्तानी सरकार र सेनाको आलोचना अन्तर्राष्ट्रि समुदायमा गर्दै आएकी थिइन्, सोही कारण उनको हत्या भएको हुनसक्ने आशंका पनि गरिएको छ ।
क्यानडामा शरणार्थी बनिरहेकी करीमा बलुच २०१६ मा विश्वकै एकसय प्रेरणादायक र प्रभावशाली महिलामध्ये एक थिइन् ।
आइतबार उनी सम्पर्क विहीन भएकी थिइन् उनलाई अन्तिमपटक आइतबार दिउँसो तीन बजेको आसपासमा देखिएको थियो । पीडित परिवारले करीमाको खोजी गर्न प्रहरीलाई जानकारी दिएका थिए ।
प्रहरीले करीमाको परिवारलाई शव देखाएपछि पुष्टि गरेको हो । करिब बलुचकी सबैभन्दा प्रशिद्ध महिला थिइन् । उनले स्वीटजरल्याण्डमा संयुक्त राष्ट्रको सत्रमा बलुचिस्तानको मुद्दा उठाएकी थिइन् ।
मे २०१९ मा एक सात्क्षात्कारमा उनले पाकिस्तानविरुद्ध बोल्दै बलुचिस्थानको प्राकृतिक संसाधन खोसेर त्यहाँका स्थानीयलाई प्रताडित गरिरहेको बताएकी थिइन् ।
यस्तै घटना बलुचका एक पत्रकारको ासदमा पनि भएको थियो । बलुचिस्तानबारे आवाज उठाउने पाकिस्तानी पत्रकार साजिद हुसैन पनि स्वीडेनमा मृत भेटिएका थिए ।