०४ साउन २०८३, सोमबार

प्रतिनिधि सभा विघटनविरुद्ध नेकपाका बहुमत सांसदद्वारा सर्वोच्चमा रिट

प्रतिनिधि सभा विघटनविरुद्ध नेकपाका बहुमत सांसदद्वारा सर्वोच्चमा रिट

प्रतिनिधि सभा विघटनविरुद्ध नेकपाका बहुमत सांसदले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।

सांसदहरू देव गुरुङ, कृष्णभक्त पोखरेल लगायतले मंगलवार सर्वोच्च अदालत पुगेर रिट दायर गरेका हुन् ।

उनीहरूले प्रतिनिधि सभा विघटन गैरसंवैधानिक भएको दाबी गर्दै त्यसले आफूहरूलाई जनताले ५ वर्षका लागि दिएको म्यान्डेटको समेत अपमान गरेको जिकिर रिटमा गरेका छन् ।

प्रधानमन्त्री तथा राष्ट्रपतिको गैरसंवैधानिक कदमलाई उत्प्रेषणको आदेशबाट बदर गर्न रिटमा माग गरिएको छ ।

'रिट निवेदन पेश गरेर आएका छौं, आजै दर्ता हुन्छ भनेर हामीलाई जानकारी गराइएको छ,' रिट निवेदकमध्येका एक सांसद कृष्णभक्त पोखरेलले लोकान्तरसँग भने ।

पोखरेल विघटित भनिएको प्रतिनिधि सभाको कानून, न्याय तथा मानव अधिकार समितिका सभापति समेत हुन् ।

salt training

कमेन्ट गर्नुहोस्