२५ असार २०८३, बिहीबार

पूर्व सभामुख कृष्णबहादुर महरा बने नेकपा स्थायी कमिटी सदस्य

पूर्व सभामुख कृष्णबहादुर महरा बने नेकपा स्थायी कमिटी सदस्य

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षीय केन्द्रीय कमिटी बैठकले पूर्व सभामुख कृष्णबहादुर महरालाई स्थायी कमिटी सदस्य मनोनित गर्ने निर्णय गरेको छ ।

यसअघि स्थायी कमिटी बैठकले गरेको प्रस्तावलाई अनुमोदन गर्दै केन्द्रीय कमिटीले महरालाई स्थायी कमिटी सदस्य बनाएको प्रवक्त नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

सभामुख निर्वाचित भएपछि महराले तत्कालीन नेकपा माओवादी पार्टी सदस्यबाट राजीनामा दिएका कारण उनी पार्टी राजनीतिबाट अलग थिए ।

नेकपा फुटको संघारमा पुगेका बेला अध्यक्ष पुष्ष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको छुट्टै केन्द्रीय कमिटी बैठक बसेको हो । बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अध्यक्षबाट हटाएर नेता नेपाललाई पार्टी अध्यक्ष बनाउने निर्णय समेत गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्