३२ असार २०८३, बिहीबार

ओलीलाई हटाएर प्रचण्डलाई संसदीय दलको नेता बनाउने प्रचण्ड–नेपाल समूहको निर्णय

ओलीलाई हटाएर प्रचण्डलाई संसदीय दलको नेता बनाउने प्रचण्ड–नेपाल समूहको निर्णय

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपाल समूहले संसदीय दलको नेता परिवर्तन गरेको घोषणा गरेका छन् ।

बुधवार बानेश्वरमा बसेको प्रचण्ड–नेपाल समूहका सांसदहरूको भेलाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसदीय दलको नेताबाट हटाएर प्रचण्डलाई नेता बताउने निर्णय गरेको भेलामा सहभागी एक सांसद्ले लोकान्तरलाई जानकारी दिए । 

प्रतिनिधि सभा विघटनसँगै संसदीय दलको नेताको पद स्वतः निस्क्रिय भएको थियो । यद्यपि प्रचण्ड–नेपाल समूहले विघटनलाई अझै स्वीकारेको छैन ।

प्रचण्ड–नेपाल समूहले प्रधानमन्त्री ओलीलाई मंगलवार नेकपा अध्यक्षबाट हटाएको घोषणा गरेको थियो ।

यो समूहले प्रतिनिधि सभा विघटन गैर–संवैधानिक भएको दाबीसहित प्रतिनिधि सभामा संसदीय दलको नेता परिवर्तन गरेको बताएको छ ।  
 

salt training

कमेन्ट गर्नुहोस्