
प्रतिनिधि सभा विघटनविरुद्ध कांग्रेसले देशव्यापी प्रदर्शन गर्ने भएको छ ।
पार्टी केन्द्रीय कमिटीको दोस्रो दिनको बैठकले गरेको निर्णयहरूबारे जानकारी दिँदै प्रवक्ता विश्वप्रकाश शर्माले देशव्यापी प्रदर्शन गर्ने निर्णय भएको बताए ।
संसद् विघटनविरुद्ध देशव्यापी प्रदर्शन गर्ने निर्णय गरिएको छ । प्रदर्शनको मिति र कार्यक्रम भोलि पुस ९ गते बस्ने बैठकले तय गरी सार्वजनिक गरिनेछ,' शर्माले ट्विटरमा लेखेका छन् ।
साथै कांग्रेसले पुस १६ गतेको कार्यक्रम राष्ट्रिय एकता र मेलमिलाप दिवसका रूपमा मनाउने पनि उनले उल्लेख गरेका छन् ।
..परिमार्जन ..
— Bishwa Prakash शर्मा (@bishwaprakash77) December 23, 2020
संसद विघटन विरुद्ध देशब्यापी प्रदर्शन गर्ने निर्णय गरिएको छ l प्रदर्शनको मिति र कार्यक्रम भोलि
पुस ९ गते बस्ने बैठकले तय गरि सार्वजनिक गरिनेछ l पुस १६ गतेको कार्यक्रम रास्ट्रीय एकता र मेलमिलाप दिवसका रुपमा मनाइने छ l
जय नेपाल ! pic.twitter.com/W8k4I5z4EH