२७ जेठ २०८३, बुधबार

ग्लोबल आइएमई बैंकद्धारा नागरिक केयर सेन्टर भवन निर्माणार्थ सहयोग

ग्लोबल आइएमई बैंकद्धारा नागरिक केयर सेन्टर भवन निर्माणार्थ सहयोग

ग्लोबल आइएमई बैंक लिमिटेडले विराटनगरस्थित निर्माणाधिन नागरिक केयर सेन्टरको भवन निर्माणको लागि दुई लाख पचास हजार रुपैंया सहयोग गरेको छ ।

बैंकका प्रदेश नम्बर १ का प्रादेशिक प्रमुख शुभाष सापकोटाले मोरङ व्यापार संघ, विराटनगरमा आयोजित कार्यक्रमका बीच नागरिक केयर सेन्टरका संयोजक पवन कुमार शारडालाई रु दुई लाख पचास हजारको चेक हस्तान्तरण गरेका छन् । 

कार्यक्रममा बोल्दै नागरिक केयर सेन्टरका संयोजक शारडाले ग्लोबल आइएमई बैंक लिमिटेडले नागरिक केयर सेन्टरको भवन निर्माणको लागि आर्थिक सहयोग गरी सामाजिक उत्तरदायित्व निर्वाह गरेको देख्दा निकै हर्षित भएको बताउँदै बैंकलाई धन्यवाद दिए ।
 

salt training

कमेन्ट गर्नुहोस्