
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय सदस्यहरूले कित्ता फेरबदल गर्ने क्रम तीब्र भएको छ ।
सोमवार केपी शर्मा ओली पक्षधर सांसदको भेलामा गएका पूर्व मन्त्री शेरबहादुर तामाङ पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल समूहमा फर्केका छन् ।
सिन्धुपाल्चोक–२ बाटट प्रत्यक्ष निर्वाचित तामाङ ओली सरकारमा केही समय कानूनमन्त्री थिए । तामाङसँगै उनकी पत्नी प्रदेश सांसद उषाकला राई पनि प्रचण्ड–नेपाल समूहमा फर्केकी छन् ।
ओली पक्षले केन्द्रीय समिति सदस्यमा गरेको मनोनयन अस्वीकार गरेर राई प्रचण्ड–नेपाल समूहमा फर्केकी हुन् । तामाङ दम्पतीले बिहीवार एक विज्ञप्ति प्रकाशित गरी संसद विघटन गर्ने निर्णयप्रति असहमति जनाएका छन् ।