
प्रतिनिधि सभा विघटन असंवैधानिक भएको भन्दै नेकपाको प्रचण्ड–माधव नेपाल पक्षले देशव्यापी जनपरिचालन र आन्दोलन गर्ने भएको छ ।
पुस १० देखि २५ सम्मका लागि विभिन्न कार्यक्रम तय गरिएको छ ।
आन्दोलनका कार्यक्रमअन्तर्गत पुस १० गते बिहान ९ः३० बजे माइतीघर मण्डलामा उपस्थित भएर प्लेकार्डसहित निर्वाचन आयोग जाने तय गरिएको प्रचण्ड नेपाल पक्षले जनाएको छ ।
सोही दिन दिउँसो २ बजे पत्रकार सम्मेलन आयोजना गरिएको छ ।
११ गते प्रदेश कार्यालयको बैठक गने र १२ गते ७७ वटै जिल्लामा भेला गर्ने कार्यक्रम तय भएको छ ।
१४ गते राजधानी काठमाडौंसहित जिल्ला–जिल्लामा विरोध प्रदर्शन गर्ने, २० गते सबै नगर भेला गर्ने र २५ गते सबै वडामा भेला गर्ने निर्णय भएको प्रचण्ड–नेपाल पक्षले जनाएको छ ।
त्यसका लागि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशको नेतृत्वमा आन्दोलन परिचालन मूल कमिटी गठन भएको छ ।
प्रदेशको आन्दोलनको संयोजन स्थायी कमिटी सदस्य र प्रदेश कार्यालयको संयोजनमा हुने उल्लेख छ ।