२२ असार २०८३, सोमबार

कैलाली कांग्रेसको अनुगमनको निष्कर्ष : अधिकांश स्थानीय तहमा भ्रष्टाचार, धैरै धनगढी उपमहानगरमा

पुस ९, २०७७
कैलाली कांग्रेसको अनुगमनको निष्कर्ष : अधिकांश स्थानीय तहमा भ्रष्टाचार, धैरै धनगढी उपमहानगरमा

नेपाली कांग्रेस जिल्ला कार्य समिति कैलालीले कैलालीका स्थानीय तहमा व्यापक भ्रष्टाचार र अनियमित भएको आरोप लगाएको छ ।

बुधवार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गरी जिल्लामा भ्रष्टाचार र अनियमित भएका आयोजनाहरूको विवरण सार्वजनिक गरेको हो ।

आर्थिक वर्ष २०७६/०७७ मा भएको योजनामध्ये कैलालीका १३ स्थानीय तहमा भएका भ्रष्टाचार शृङ्खला बुधवार काँग्रेसले सार्वजनिक गरेको हो । 

कैलालीले गत आर्थिक वर्षमा जिल्लाका सबै स्थानीय तहमा संघीय र प्रदेश सरकार तथा स्थानीय सरकारबाट भएका विकास निर्माण योजनाहरूको अनुगमन गरेको थियो ।

अनुगमनका क्रममा १३ वटा स्थानीय तहका ३९६ वटा योजनामध्ये ११६ वटा विकास निर्माण योजनामा अनियमितता भएको कांग्रेस कैलालीका पार्टी सभापति नरनारायण शाहले बताए ।

अनुगमनका क्रममा सबै भन्दा धेरै कैलालीको धनगढी उपमहानगरपालिकामा भ्रष्टाचार भएको पाइएको छ ।

धनगढी उपमहानगरपालिकामा मात्रै १७ वटा योजनामा भ्रष्टाचार तथा अनियमितता भएको कांग्रेसको ठहर छ ।

त्यस्तै गौरीगंगा नगरपालिकामा १० वटा घोडाघोडीमा ७ वटा, टीकापुरमा ८ वटा, कैलारी गाउँपालिकामा ९ वटा, चुरे गाउँपालिकामा १२ वटा, भजनी नगरपालिकामा ६ वटा, जानकी गाउँपालिकामा ३ वटा, लम्कीचुहामा १४ वटा आयोजनामा हिनामिना भएको कांग्रेसको ठहर छ ।

मोहन्याल गाउँपालिकामा ९ वटा र गोदावरी नगरपालिकामा १२ वटा योजनामा पनि भ्रष्टाचार भएको कांग्रेसले जनाएको छ ।

बदगोरिया गाउँपालिका र जोशीपुर गाउँपालिकामा भ्रष्टाचार नभएको काँग्रेस सभापति शाहले बताए ।

कांग्रेसले तयार गरेको प्रतिवेदनलाई अख्तियारसमक्ष पेश गर्ने उनले बताए ।

salt training

कमेन्ट गर्नुहोस्