०९ साउन २०८३, शनिबार

मोटरसाइकल चोरी गर्ने २ जना लगनखेलबाट पक्राउ

मोटरसाइकल चोरी गर्ने २ जना लगनखेलबाट पक्राउ

मोटरसाइकल चोरी गर्ने दुई जनालाई ललितपुरको लगनखेलबाट पक्राउ गरिएको छ । 

सादा पोसाकमा खटिएको प्रहरी टोलीले मोटरसाइकल चोरी गर्ने २ जनालाई पक्राउ गरेको महानगरीय ट्राफिक महाशाखा प्रमुख एसएसपी जनक भट्टराईले जानकारी दिए । 

रामेछाप मन्थली नगरपालिका वडा नं. १२ घर भएका वर्ष २५ को रामशरण मिजार र बर्ष १९ को सुवास मिजारलाई चोरी गरेको बा८१प ५२७५ कालो रङको पल्सर २२० सी.सी. मोटरसाइकलसहित पक्राउ गरिएको हो । 

उनीहरूलाई आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी वृत्त, बौद्ध पठाइएको समेत उनले बताएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्