०७ साउन २०८३, बिहीबार

मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्तावबारे अष्टलक्ष्मीको प्रतिक्रिया– प्रतिगमनविरुद्ध चालिएको कदम

मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्तावबारे अष्टलक्ष्मीको प्रतिक्रिया– प्रतिगमनविरुद्ध चालिएको कदम

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहकी स्थायी कमिटी सदस्य एवं बाग्मती प्रदेश सांसद अष्टलक्ष्मी शाक्यले प्रतिगमनविरुद्धको कदम स्वरूप बाग्मती प्रदेशका मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको बताएकी छिन् ।

उनले यो कदम अन्य प्रदेशमा पनि चालिने बताइन् । 

मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि प्रचण्ड–नेपाल पक्षले शाक्यलाई मुख्यमन्त्रीको रूपमा प्रस्ताव गरेको छ । प्रचण्ड–नेपाल पक्षले शुक्रवार पौने १२ बजे पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको थियो ।

‘प्रतिनिधि सभा विघटन गर्ने प्रतिगामी कदमका विरुद्धमा यो निर्णय गरिएको हो, ढिलो भयो, राम्रो भयो,’ शाक्यले भनिन् । 

मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वासको प्रस्ताव पेश गरेसँगै प्रचण्ड–नेपाल समूहबाट सरकारमा सामेल तीनजना मन्त्रीले राजीनामा गरेका थिए ।

शालिकराम जमकट्टेल, अरुण नेपाल र युवराज दुलालले मन्त्रीबाट राजीनामा गरेका छन् । 

नेतृ शाक्यले अन्य प्रदेशमा पनि मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी रहेको बताइन् । 
 

salt training

कमेन्ट गर्नुहोस्