
प्रतिनिधि सभा विघटनविरुद्ध कांग्रेसले सोमवार १ सय ६५ निर्वाचन क्षेत्रमा प्रदर्शन गर्दैछ ।
कांग्रेसका नेताहरूले विभिन्न जिल्लामा छरिएर प्रदर्शनमा सहभागी हुने काँग्रेसले जनाएको छ ।
प्रदर्शनकै लागि रामचन्द्र पौडेल तनहुँमा रहेका छन् । उनले तनहुँबाट प्रदर्शनमा सहभागी हुनेछन् ।
यस्तै अन्य निर्वाचन क्षेत्रमा पनि कांग्रेसका नेताहरू सहभागी हुने बताइएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्न सिफारिस गरेसँगै राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेकी थिइन् ।
संसद विघटनपछि राजनैतिक दलका नेता कार्यकर्ता तथा नागरिक समाज समेतले यसको विरोध गर्दै आइरहेका छन् ।