
नेपाली बजारमा सोमवार सुन प्रति तोला ७ सय रुपैयाँले वृद्धि भएको छ ।
सोमवार छापावाल सुन प्रति तोला ९४ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आइतवार यस्तो सुन प्रति तोला ९४ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । आइतवारको तुलनामा सोमवार सुनको मूल्य ७ सय रुपैयाँले बढेको हो ।
यस दिन तेजाबी सुन प्रति तोला ९४ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन यस्तो सुन प्रति तोला ९३ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।
महासंघका अनुसार, सोमवार चाँदी प्रति तोला १ हजार ३ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी प्रति तोला १ हजार २ सय ८० रुपैयाँमा कारोबार भएको थियो ।