२८ जेठ २०८३, बिहीबार

चेक अनादर मुद्दामा फरार रहेका कक्षपति जेल चलान

चेक अनादर मुद्दामा फरार रहेका कक्षपति जेल चलान
प्रतिकात्मक तस्वीर

जिल्ला अदालत काठमाडौंबाट २ करोड ७० लाख बिगो मागदाबी गरिएको मुद्दामा ३ महिना कैद र ३ हजार जरिवाना हुने फैसला भएका सहदेव कक्षपतिलाई थुनामा पठाइएको छ । 

‘शनिवार कक्षपतिलाई पक्राउ गरेर हामीले आइतवार अदालतका उपस्थित गराएको थियौं । सम्माननीय अदालतले आइतवार नै कारागार पठाएको हो,’ महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रमेस विष्टले भने ।

फैसलापछि फरार रहेका कक्षपतिलाई महानगरीय प्रहरी परिसर काठमाडौंले आइतवार पक्राउ गरेर जिल्ला अदालत काठमाडौंमा उपस्थित गराएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्