२२ असार २०८३, सोमबार

एक सातादेखि स्कुलबाट फर्केनन् किशोर, खोजिदिन परिवारको आग्रह

एक सातादेखि स्कुलबाट फर्केनन् किशोर, खोजिदिन परिवारको आग्रह

स्कुलबाट दिउँसो घर जान्छु भन्दै निस्केका नुवाकोटका एक १७ वर्षीय किशोर सात दिनदेखि बेपत्ता छन् ।

सबैतिर बुझ्दा पनि कतै सम्पर्क हुन नसकेपछि प्रहरीलगायत अन्य सरोकारवालासँग खोजी गरिदिन परिवारले आग्रह गरेको छ । 

नुवाकोटका १७ वर्षीय अनिल अधिकारी पुस ६ गतेदेखि सम्पर्कविहीन भएका छन् । छोरा हराएपछि चिन्तित बनेका अनिलका बुबा अर्जुनप्रसाद अधिकारीले मलेशियाबाट आफ्नो छोरा खोजिदिनका लागि आग्रह गरेका छन् । 

६ गते स्कुलबाट दिउँसोको अतिरिक्त समयमा सञ्चो नभएको भन्दै शिक्षकसँग बिदा मागेर निस्केका १७ वर्षीय अनिल त्यस दिनदेखि परिवारको सम्पर्कमा छैनन् । 

बेलुका एउटा अञ्जान नम्बरबाट उनले आफ्नी आमालाई साथीकोमा बसेको र साँझ घर नआउने बताएर फोन काटेका थिए ।

अनिलका बुबा अजुर्नले भने, ‘६ गते बेलुकी उसको आमालाई अञ्जान नम्बरबाट फोन गरेर साथीकोमा बसेको छु भनेको थियो रे । त्यसपछि फोन काटेको आजसम्म सम्पर्कमा आएको छैन । प्रहरीकहाँ पनि उजुरी दिएका छौं । तर, केही पत्ता लागेको छैन ।’

कक्षा ९ मा अध्ययनरत अनिल सात दिनदेखि सम्पर्कविहीन भएपछि परिवारले सबैतिर खोजीका लागि गुहार मागेको छ । 

salt training

कमेन्ट गर्नुहोस्