३१ असार २०८३, बुधबार

वैज्ञानिकले खोजे एलियन्सको ठेगाना, चन्द्रमामा विकसित भएको दाबी

पुस १५, २०७७
वैज्ञानिकले खोजे एलियन्सको ठेगाना, चन्द्रमामा विकसित भएको दाबी

अहिलेको विश्वमा मानवबीच एक अदृश्य शक्तिको त्रास छ । त्यो हो एलियन्स । अर्थात परग्रही । लामो समयदेखि यस विषयमा छलफल हुँदै आएको छ ।

पछिल्लो केही दशकयता वैज्ञानिकहरुले पनि एलियन्समाथि धेरै खोज अनुसन्धान गरेका छन् । 

वैज्ञानिकले एलियन्सको ठेगाना नै खोजेको दावी गरेका छन् । आखिर एलियन्स कहाँ रहन्छन् भन्ने पत्ता लगाएको दावी गरिएको छ ।

खगोल वैज्ञानिकको एक टिमले आफ्नो रिपोर्टमा पृथ्वीको उपग्रह चन्द्रमामै एलियन्स बस्ने गरेको दावी गरेका छन् । 

रिपोर्टमा भनिएको छ, ‘अलग अलग अवधिमा एलियन्स चन्द्रमा बसेका थिए ।’

उल्का पिण्डको ब्लास्टपछि चन्द्रमामा एलियन बस्ने अनुकुल वातावरण पैदा भएको उक्त टिमले अनुमान गरेको छ । 

वैज्ञानिकले आज भलै चन्द्रमामा जीवन रहन लायक वातावरण नभए पनि पहिले जीवन अनुकुल भएको हुनसक्ने सम्भावना दर्शाएका छन् । 

दुई वरिष्ठ वैज्ञानिकले करिब चार अर्ब वर्षदेखि करिब साढे चार अर्व वर्षबीच चन्द्रमामा जीवन भएको दावी गरेका छन् ।

सोधकर्ताका अनुसार यो स्थिति करिब साढे चार अर्व वर्ष पहिलेको ज्वाला मुखि विस्फोटबाट सम्भव भएको हुनसक्छ ।

त्यसबेला चन्द्रमामा ठूलो मात्रामा तातो ग्यास निस्किरहेको थियो । जसका कारण त्यहाँ पानी तयार भएको थियषे । 
 

salt training

कमेन्ट गर्नुहोस्