३० असार २०८३, मंगलबार

नेपाल भेन्टिलेटर बैंकलाई फोन पेमार्फत सहयोग रकम हस्तान्तरण

नेपाल भेन्टिलेटर बैंकलाई फोन पेमार्फत सहयोग रकम हस्तान्तरण

नेपाल भेन्टिलेटर बैंकले सय दिनमा १ हजार भेन्टिलेटर उपलब्ध गराउने अभियानमा साथ दिएको फोनपे पेमेन्ट सर्विस लिमिटेडले सहयोग रकम हस्तान्तरण गरेको छ ।

यस अभियान अन्तर्गत फोन पे नेटवर्कबाट अन्तर बैंक कारोबार गर्दा प्रतिकारोबार १ रुपैयाँ छुट्याइएको थियो ।

यसरी छुट्याइएको ५ लाख ९१ हजार ६०७ रूपैयाँ नेपाल भेन्टिलेटर बैंकलाई उपलब्ध गराइएको हो । सहयोग रकम एफवान सफ्ट इन्टरनेसनलका अध्यक्ष विश्वास ढकालले भेन्टिलेटर बैंकका अध्यक्ष निरञ्जन श्रेष्ठलाई हस्तान्तरण गरे ।

भेन्टिलेटर बैंकलाई सहयोग गर्नका लागि भदौ १ गतेदेखि १ महिनासम्म अभियान लागू गरिएको थियो । 

एफवान सफ्ट गु्रपका अध्यक्ष विश्वास ढकालले भने, ‘यो विषम परिस्थितिमा भेन्टिलेटरको अभावका कारण कसैले ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले भेन्टिलेटर बैंकलाई थोरै भए पनि सहयोग गर्न पाउँदा हामी अत्यन्तै हर्षित छौं ।’ 

फोन पे पेमेन्ट सर्विस लिमिटेड नेपाल राष्ट्र बैंकबाट अनुमतिप्राप्त नेपालको एक अग्रणी र प्रतिष्ठित भुक्तानी प्रणाली अपरेटर हो । फोनपे नेटवर्कमा ५२ वटा बैंक तथा वित्तीय संस्था आवद्ध छन् भने १ लाख ६० हजार बढी मर्चेन्ट रहेका छन् । ११ लाख मोबाइल बैंकिङ प्रयोगकर्ता तथा ३२ लाख बढी भुक्तानी सेवा प्रदायकका मोबाइल एप्स्मार्फत यसले सेवा प्रदान गर्दै आएको जनाइएको छ ।

फोन पे विश्वविख्यात डाटा सुरक्षा मापदण्ड ‘पेमेन्ट कार्ड इन्डस्ट्री डाटा सुरक्षा मापदण्ड’ पीसीआई डीएसएस भी थ्री टू वान प्रमाणीकरण प्राप्त संस्था हो ।

६० भेन्टिलेटर लगायतका सघन उपचारका उपकरणको साथ नेपाल भेन्टिलेटर बैंकले १७ जिल्लामा सरकारी, सामुदायिक र निजी अस्पताललाई सेवा प्रदान गर्दै आएको र १ हजारभन्दा बढी व्यक्तिको ज्यान बचाउन सहयोग गरेको छ ।

प्रत्येक प्रदेशमा शाखा कार्यालय स्थापना गर्ने उद्देश्यले नेपाल भेन्टिलेटर बैंकले भर्खरै गण्डकी प्रदेशको पोखरामा आफ्नो पहिलो प्रदेश कार्यालय शुरू गरिसकेको छ । 

salt training

कमेन्ट गर्नुहोस्