२२ असार २०८३, सोमबार

नेकपा नेतृको प्रस्तावः संघीयता खारेज गरेर प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्था गरौँ

नेकपा नेतृको प्रस्तावः संघीयता खारेज गरेर प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्था गरौँ

नेकपा (केपी ओली समूह) का नेतृ निरुदेवी पालले संघीयता खारेज गर्दै प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्था गर्न प्रस्ताव गरेकी छिन् । पालले बिहीबार सामाजिक सञ्जालमा प्रधानमन्त्री केपी शर्मा ओलीले यस्तो व्यवस्था कायम गरे उनी सधैँ नेपालीको मन मष्तिष्कमा बस्ने दावी गरेकी छिन् ।

निवर्तमान सांसद समेत रहेकी उनले भनेकी छिन्, ‘सम्माननिय प्रधानमन्त्रीज्यू आँट गर्नुस्, संघीयता खारेज गरेर प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री र संसदको सिट १०५ केन्द्रको मन्त्रिमण्डल बढीमा १५ सदस्यीय र भ्रष्टाचारीलाई जेलको कालकोठरीमा सडाउने आँट गर्नुस्, नेपाली जनताको मनमस्तिष्कमा सधैँ बस्नुहुनेछ’, उनले सामाजिक सञ्जालमार्फत भनेकी छिन् ।

प्रधानमन्त्री ओलीले पुस ५ मा संसद विघटन गरेर आलोचना भइरहेको बेला नेकपाकै नेतृले यस्तो धारणा राखेकी हु्न् ।

salt training

कमेन्ट गर्नुहोस्