
जापानको राजधानी टोकियोमा मात्रै कोरोनाभाइरसबाट बिहीबार एकैदिन थप १३ सय जना सङ्क्रमित भएका छन् । सङ्क्रमितको सङ्ख्या यसैगरी बृद्धि हुदै गएमा संकटकाल लगाउनुपर्ने अवस्था आउनसक्ने सरकारी अधिकारीहरुले चेतावनी दिएका छन् ।
प्रधानमन्त्री योशिहिडा सुगाले संकटकाल लगाउन आवश्यक छ की छैन भन्ने बारेमा सम्वन्धित मन्त्री र सरोकारवालाहरुसँग छलफल गरेका छन् ।
जापानमा कोरोनाभाइरसबाट सङ्क्रमित भएका मध्ये अहिलेसम्म तीन हजार ५०० भन्दा बढीको मृत्यु भएको छ ।