२९ असार २०८३, सोमबार

ओलीको व्यंग्य : 'साथीहरूलाई कुन पद चाहियो ? चुनावमा जुन हार्‍यो त्यही !'

ओलीको व्यंग्य : 'साथीहरूलाई कुन पद चाहियो ? चुनावमा जुन हार्‍यो त्यही !'

प्रधानमन्त्री केपी शर्मा ओलीले विभाजित नेता माधवकुमार नेपाललाई पदलोलुप भएको बताउँदै व्यंग्य गरेका छन् । 

‘साथीहरूलाई कुन पद चाहियो ? चुनावमा जुन हार्‍यो त्यहीँ !’ काठमाडौंमा आयोजित आफूपक्षीय भेलालाई सम्बोधन गर्दै ओलीले भने, ‘मैसँग अध्यक्ष हार्नुभएको । अध्यक्ष चाहियो, अध्यक्ष चाहियो भन्नुभयो । उता गएर दोस्रो अध्यक्ष लिनुभएछ । हातहातै । कठै बरा ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूसँग बहुमत रहेको दाबी गर्ने प्रचण्ड–नेपाल पक्षलाई कुन चुनावमा बहुमत ल्याएको भनेर प्रश्न गरेका छन् । ओलीले कुनै एक जिल्लामा बहुमत ल्याएर देखाउन चुनौती दिएका छन् ।

उनले सोधेका छन्, ‘बहुमत छ भन्छन्, गफै त हो नि सम्धी ? कहाँ भयो पुष्टि ? कहाँ छ बहुमत ? दाबी पनि कस्तो बहुमत छ !’ बहुमत छ भनेर घरमा भनेको हो भनेर ओलीले व्यंग्य गरेका छन् ।

ओलीले अझै पनि पार्टीमा आएर योगदान गर्न पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाललाई आह्वान गरेका छन् । 

‘म कमरेडहरूलाई भन्न चाहन्छु । अहिले पनि प्रचण्डलाई अध्यक्षमा राखेका छौं । माधवकुमार झलनाथलाई वरिष्ठमा राखेका छौं । हामी कुनै हतारो गरेका छैनौं । हामी पर्खिराखेका छौं,’ उनले भने, ‘पेरिसडाँडामा अहिले बैठक बसिराख्या छ । यति–यति मान्छे त सीसीमा औषधि बेच्नेले पनि रत्नपार्कमा जम्मा गर्छ । उहाँहरूको हालत त्योभन्दा बढी हुनेवाला छैन ।’

salt training

कमेन्ट गर्नुहोस्