
नेपाल प्रहरीले ठूलै रकमसहित दुई जनालाई पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले आइतवार नागढुंगाबाट एक करोड ४७ लाख अवैध रकमसहित दुई जनालाई पक्राउ गरेको छ ।
नागढुंगा चेकप्वाइन्टमा कपिलवस्तुबाट काठमाडौं आउँदै गरेका दुई जनाको साथबाट एक करोड ४७ लाख ८६ हजार रुपैयाँ फेला पारेको महानगरीय प्रहरी प्रभागले जनाएको छ ।
प्रदेश ३–०१०२३ च २२५९ हुण्डाइ सिल्भर रंगको कारबाट भारत खोरखपुरका ३० वर्षीय अमितकुरमा गुप्ता र कपिलवस्तुको बाणगंगा नगरपालिका–४ का २२ वर्षीय कार चालक संगम थारुलाई पक्राउ गरेको छ ।
उनीहरुले उक्त रकम कारको डिक्की, स्पेयर टायर मुनि र कारणको अन्य विभिन्न भागमा लुकाइछिपाइ तीन वटा झोलामा रकम ल्याइएको प्रहरीले जनाएको छ ।
एक करोड ५७ लाख रुपैयाँ झोलामा र अमितकुमारको पकेटबाट ८५ हजार रुपैयाँ बरामद भएको हो ।
प्रहरीले भारतीय रुपैयाँ ल्याएर नेपाली सीमा क्षेत्रमा पटकपटक साँटेको पाइएको बताएको छ ।
बरामद गरिएको रकमसहित पक्राउ परेकालाई सम्पत्ति सुद्दिकरण विभागमा पठाउने व्यवस्था मिलाइएको प्रभागले जनाएको छ ।