२९ असार २०८३, सोमबार

चुनावी प्रयोजनका लागि कसैले पनि चन्दा मागेका छैनन् : परिसंघ

चुनावी प्रयोजनका लागि कसैले पनि चन्दा मागेका छैनन् : परिसंघ

नेपाल उद्योग परिसंघले चुनावी प्रयोजनले कसैले पनि परिसंघसँग चन्दा नमागेको स्पष्ट जनाएको छ । 

सोमवार एक विज्ञप्ति जारी गर्दै परिसंघसँग कसैले पनि चन्दा नमागेको स्पष्ट पारेको हो । 

परिसंघले चन्दा माग गरेको भन्दै प्रकाशित समाचार पूर्णतः काल्पनिक र तथ्यपूर्ण नरहेको जनाएको छ । 

परिसंघले भनेको छ,‘परिसंघले सदैव नीतिगत स्थिरता र लगानीको वातावरणका लागि पैरवी गर्दै आएको पनि स्मरण गराउन चाहन्छ । त्यसैले प्रेस जस्तो सम्मानित क्षेत्रका कतिपय पत्रिका तथा अनलाइनमा आउने यस्ता काल्पनिक खबरले निजी क्षेत्र,  राजनीतिक दलहरु तथा सरकार बीचको आपसी सम्बन्धमा अविश्वास खडा गर्न नसक्ने पनि परिसंघको विश्वास रहेको छ ।’ 
 

salt training

कमेन्ट गर्नुहोस्