०२ असार २०८३, मंगलबार

बदर मत अहिलेसम्मकै अत्यधिक, यस्तो छ कारण

कात्तिक २०, २०७४
बदर मत अहिलेसम्मकै अत्यधिक, यस्तो छ कारण
बदर मत अहिलेसम्मकै अत्यधिक, यस्तो छ कारण



काठमाडौँ, ३ जेठ - स्थानीय तह निर्वाचनको नमुना मतपत्र सार्वजनिक भएपछि धेरैको आकलन थियो यो पटक बदर मतको सङ्ख्या बढ्छ । धेरै दलको प्रतिनिधित्व गराउनुपर्ने ठूलो मतपत्र र त्यसपछि दलहरूबीच भएको चुनावी तालमेलले मतदाता झनै झुक्किए ।

पूर्वानुमान मतगणना सुरु भएसँगै सही साबित हुँदै गयो । शिक्षित मतदाता रहेको काठमाडौँ महानगरपालिकामा नै प्रारम्भिक एक हजार मतगणनामा १०७ मत बदर भयो । काठमाडौँको वडा नम्बर २ मा त सुरुवातको २४ मतमा नै पाँच मत बदर भेटिए ।

निर्वाचन आयोगले औपचारिक रूपमा बदरको मतको तथ्याङ्क सार्वजनिक नगरे पनि मतगणनाका क्रममा केही स्थानमा बदर मत समेत सार्वजनिक गरिएको छ । काठमाडौँको प्रारम्भिक मतलाई आधार मान्ने हो भने शिक्षित मतदाता रहेको महानगरमा नै १० प्रतिशतभन्दा बढी मत बदर हुने देखिएको छ, गोरखापत्रमा खबर छ ।Vote-Count-1

निर्वाचन आयोगको तथ्याङ्कअनुसार काठमाडौँमा ७५ दशमलव पाँच प्रतिशत मत खसेको छ । जसअनुसार काठमाडौँमा दुई लाख हाराहारीमा मत खसेको छ । बदरको प्रारम्भिक परिणामअनुसार काठमाडौँमा मात्र २० हजार हाराहारीमा मत बदर हुने देखिएको छ ।
निर्वाचनमा मत बदरको प्रतिशत यसअघि पाँच प्रतिशतको हाराहारीमा सीमित भए पनि यो पटक त्यो आँकडा नाघ्ने देखिएको छ । विशेष गरी ठूला दलबीच तालमेल भएका स्थानीय तहमा मत बदर बढी देखिएको हो ।

यअअघि २०६४ सालमा सम्पन्न पहिलो संविधान सभा निर्वाचनमा पाँच लाख ६० हजार मत बदर भएको थियो । यो कूल खसेको मतको पाँच प्रतिशतको हाराहारीमा थियो । दोस्रो संविधानसभा निर्वाचनमा प्रत्यक्षतर्फ चार प्रतिशत हाराहारीमा मत बदर भएको थियो । समानुपातिकमा तीन प्रतिशत हाराहारीमा मत बदर भएको थियो । कूल एक करोड २१ लाख ४७ हजार ८६५ मतदातामा औसतमा मत बदर दोस्रो संविधान सभामा पनि चार दशमलव ९६ प्रतिशत रहेको थियो । मत सङ्ख्याको हिसाबले भने दोस्रो संविधान सभामा झन्डै सात लाख मत बदर भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्