
भारतीय क्रिकेट टीमका कप्तान विराट कोहली र उनकी पत्नी बलिउड अभिनेत्री अनुष्का शर्मालाई पुत्रीलाभ भएको छ ।
सोमवार आफ्नो ट्विटर अकाउन्टमा विराटले छोरी जन्मेको सुखद खबर दिएका हुन् ।
अनुष्का र छोरी दुवैको स्वास्थ्य राम्रो रहेको र जीवनको नयाँ अध्याय शुरू गर्न पाउँदा वरदान पाएको जस्तो लागेको उनले लेखे । आफूहरूको निजी जीवनको सम्मान गरिदिन पनि उनले आग्रह गरे ।
तीन वर्षअघि विराट र अनुष्काको विवाह भएको थियो ।
