२४ जेठ २०८३, आइतबार

थप ४ सय ३० जनामा कोरोना संक्रमण पुष्टि, ५ जनाको मृत्यु

थप ४ सय ३० जनामा कोरोना संक्रमण पुष्टि, ५ जनाको मृत्यु

नेपालमा थप ४ सय ३० जनामा कोरोनाभाइरस (कोभिड- १९) संक्रमण पुष्टि भएको छ ।

यससँगै संक्रमितको कुल संख्या २ लाख ६५ हजार ६ सय ९८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

संक्रमितमध्ये १ हजार ९ सय ३२ जनाको निधन भएको छ । जसमध्ये ५ जनाको निधन पछिल्लो २४ घण्टा भित्रमा भएको मन्त्रालयले जनाएको छ ।

यस अवधिमा थप ३ सय ९० जना संक्रमणमुक्त भएका छन् । कोरोना संक्रमणलाई जित्नेको संख्या २ लाख ५९ हजार ३ सय ५८ पुगेको छ ।

हाल कोरोनाका ४ हजार ४ सय ८ सक्रिय संक्रमित छन् ।

salt training

कमेन्ट गर्नुहोस्